काे-काे पक्राउ परे मुलपानीको जुवाखालबाट ? (सूचीसहित)


काठमाडौं– प्रहरीले काठमाडौंको मुलपानीस्थित  जुवा अखडामा शुक्रवार राति  २३ जनालार्इ पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा झ्यालबाट हाम्फाल्ने दुई जुवाडेको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपन बस्ने सरोज घले र सिन्धुपाल्चोकको सिम्पलकाफ्ले–६ स्थायी घर भएका सोम लाल तामाङ रहेका छन्।

मुलपानीको एक घरमा लामो समयदेखि ‘भीआईपी जुवा अखडा’ चलिरहेको सूचना पाएपछि राती १० बजेतिर सादा पोशाकका प्रहरी त्यहाँ पुग्दा जुवाडेहरु बाहिरी च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए ।

प्रहरीले ताला फुटाएर जुवाखाल नियन्त्रमा लिने क्रममा ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ ।

पक्राउ पर्नेहरुको सूची
१. दीपक तामाङ, सिन्धुपाल्चोक
२. ग्यासन लामा, सिन्धुपाल्चोक
३. नेम दोर्जे तामाङ, सिन्धुपाल्चोक

४. सुब्बा शेर्पा, सिन्धुपाल्चोक
५. विष्णु श्रेष्ठ, सिन्धुपाल्चोक
६. पवन रानामगर, हेटौंडा
७. सर्मिला खड्का, मकवानपुर
८. डेण्डु शेर्पा, दोलखा
९.लाक्पा शेर्पा, चावहिल
१०. उमेश लामा, सर्लाही
११. राजकुमार बुढाथोकी, रामेछाप
१२. केशर बहादुर गोले, ललितपुर
१३. श्रीकाजी तामाङ, सिन्धुपाल्चोक
१४. रवि थिङ, सिन्धुपाल्चोक
१५. मंगले तामाङ, सिन्धुपाल्चोक
१६. फुर्वा शेर्पा, सिन्धुपाल्चोक
१७. कृष्ण वि.क., धादिङ
१८. रेशम विश्वकर्मा, धादिङ
१९. कृष्ण बहादुर सुनार, धादिङ
२०. टेण्डु शेर्पा, दोलखा
२१. बुद्ध तामाङ, रामेछाप
२२. कुवेर सिंह थिङ, मकवानपुर
२३. दोर्जे घिसिङ, सिन्धुपाल्चोक

प्रतिक्रिया दिनुहोस
Advertisement