हामीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिन्छौं : अध्यक्ष नेपाल


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र मौसम उस्तै–उस्तै भएको टिप्पणी गरे ।

नेपालको मौसमबारे केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्न सक्ने अवस्था नरहेको उनले बताए । उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए ।

राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको उनले बताए । देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवद्र्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने उनले बताए ।

उनले भने, ‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ तर हामी चाहन्छौं, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रस्ट रूपमा हामीले भन्न सकौं । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो, देशलाई अघि बढाउनका लागि हो ।’

देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । उनले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरूको विकास, सीप सिकाउने, उद्यमशीलतालाई प्रोत्साहन दिन काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement