श्रीमती रञ्जिताविरुद्ध रेशमले दायर गरेको रिटमा सर्वाेच्चको यस्तो आदेश


काठमाण्डु – निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध संरक्षक रेशम चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतले मिसिल कागज झिकाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रबार रिटमा सुनुवाइ गर्दै मिसिल कागज झिकाउन आदेश दिएको छ ।

संरक्षक रेशमले निर्वाचन आयोग र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

नाउपाको टीकापुरमा पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाई निर्वाचित गरेकोमा निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो ।

आयोगले नाउपा अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊँ भनी रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement