जाजरकोटमा पहिरो, उद्दारकार्यलाई प्रभावकारी बनाउन मन्त्री बस्नेतको निर्देशन


जाजरकोट — वन तथा वातावरण मन्त्री शक्तीबहादुर बस्नेतले जाजरकोटको पहिरोमा परि मृत्यु भएकाप्रति गहिरो दुख व्यक्त गर्दै उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

प्रदेश नम्वर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बस्नेतले फोन गरेर उक्त घटनाको बारेमा जानकारी लिएका थिए । गृहमन्त्री रामबहादुर थापासँग छलफल गरि प्रदेश ६ सरकारलाई उद्धारमा कुनैपनि कसर नराख्न निर्देशन दिएका हुन् ।

मन्त्री बस्नेतका अनुसार थप उद्धारकालागि आवश्यक परे सुर्खेत बाट हेलिकप्टर पठाउने तयारी समेत भएको छ । मौसमले साथ दिए आफै जाजरकोट जाने तयारी गरीरहेको छ ।
अविरल वर्षात्‌का कारण भेरी नगरपालिका–३, ठाँटीबजारमा आइतबार बिहान पहिरो खस्दा पुरिएका ७ जनाको शव निकालिएको छ । उक्त पहिरोमा २ जना अझै पुरिएका छन् । एक सय मिटर माथिबाट आएको पहिरोले स्थानीयका २ वटा घर पुरिएका थिए ।

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। अन्य दुर्इ बालिका र एक महिलाको मृत्यु भएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement