राजनीतिक दबावमा प्रधानसेनापति क्षत्री, खरिद प्रक्रियामा भ्रदागोल गरेको भन्दै आलोचना


काठमाडौं –राजेन्द्र क्षेत्री प्रधानसेनापतिमा नियुक्त हुनु अघि निष्कलंक, साह्रै इमानदार, ब्यवसायिक र बफादार सैनिक अधिकृत मानिन्थें । प्रधानसेनापतिमा नियुक्त भएको एक/ डेढ वर्षपछि उनको चरित्र र कार्यशैलीमा परिवर्तन भएको महसुस सेनाको पंक्तिले गर्न थाल्यो ।  विभिन्न ठेक्कापट्टामा चासो राख्दै पारिवारिक हस्तक्षेप र दवावमा प्रधानसेनापति क्षेत्रीले विवादस्पद कामहरु गर्न थालेको चर्चा सेनाभित्र सुरु भयो ।

 

सेनाको जागिरे जीवनको अन्तिम घडी (२०७५ साउन २४ गतेदेखि विदामा बस्ने समय आउन अब ७ महिना मात्र बांकी छ)मा हिजोका इमानदार सैनिक अधिकृत आजका प्रधानसेनापति विवादमा पर्न थालेपछि चिन्ता ब्यक्त गर्न थालिएको छ ।

 

 

 राजनीतिक दवावमा सेना

 नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि त प्रधानसेनापति क्षेत्रीलाई झनै विवादमा पार्ने सेनाका अर्बौं अर्बका ठेक्का पट्टा र खरिद राजनीतिक दवाव हुन थालेको चर्चा सुरु भयो ।

 

 

प्रधानमन्त्री शेरवहादुर देउवा, तत्कालीन रक्षा मन्त्री बालकृष्ण खांड, मन्त्री पत्नी मञ्जु खाँड, प्रधानमन्त्री देउवाकी पत्नी आरजु देउवा र प्रधानमन्त्री देउवाका साला भूषण राणाको दवावमा परेर नेपाल आर्मीले गर्ने निर्माणको ठेक्का, सेनाले खरिद गर्ने अर्बौंका बन्दोबस्तीका मालसामान र जहाज समेत  बीचौलिया एजेण्ट दिपक भट्टहरुको सेटिङ्ग  अनुसार खरिद गर्न बाध्य पारिएको आर्मी हेडक्वार्टर स्रोत बताउछ ।

 

अहिले सबैभन्दा विवादको विषय चाहिं रुसबाट दुई थान  एमआइ–१७–भी–५ हेलिकोप्टर किन्ने भएको छ । हेलिकोप्टरका नेपाली एजेण्टहरु दीपक भट्टले आरजु देउवा र भूषण राणामार्फत दवाव प्रधानसेनापति क्षेत्रीलाई दिएपछि कोप्टर खरिदको विषय सबैको चासो र विवादमा परेको छ ।

 

रुसमाथि अमेरिकी आर्थिक नाकाबन्दी लागेको समयमा नेपालले जी–टु–जी माध्यमबाट कसरी हेलिकोप्टर किन्छ ? एलसी कसरी खुल्छ भन्ने गंभीर विवादमा प्रधानसेनापति क्षेत्री समेत परेका छन् ।

 

परम्परा र नियम तोडिए

निर्वाचन आचार संहिता लागेको र काम चलाउ सरकार भएको समयमा प्रधानसेनापति क्षेत्रीलाई दवाव दिएर नेपाली सेनाको नियम र परम्परा विपरीत रथीवृन्दहरुको बढुवा गर्ने काम समेत हतारमा गरियो ।

 

सहायक रथीमा बढुवा भएको दुई वर्ष नपुग्दै सेनाको कमाउ अड्डा मानिने लेखाका विवादस्पद निर्देशक भुवनवहादुर अधिकारीलाई बढुवा गरेर सैन्य मापदण्ड र नियम नै मिचेर सेनामा चीफले चाहेमा जुन बेला जे गरे पनि हुन्छ भन्ने रेकर्ड पनि प्रधानसेनापति क्षेत्रीकै पालामा कायम भयो ।

 

 

आर्मी हेडक्वार्टर स्रोतका अनुसार, हतार हतारमा सहायक रथी अधिकारीको बढुवा सिफारिस गर्न पनि राजनीतिक र पारिवारिक दवावमा सेनापति क्षेत्रीलाई बाध्य पारियो ।

 

प्रधानसेनापति क्षेत्री त्यस्तै राजनीतिक दवावमा परेर सेनाको इन्जिनियर विभागका उपरथी योगेन्द्र खांडको पदावधि हतारमा थप गर्न पनि निर्वाचन आचार संहिता लागेकै समयमा  बाध्य पारियो ।

 

२०७४ फागुन १० गते ३ वर्षे पदावधि पूरा हुने उपरथीको पदावधि थपको सिफारिस पनि हतार हतार गर्नका लागि आरजु देउवा र मञ्जु खांडले प्रधानसेनापति क्षेत्रीलाई चर्को दवाव दिएको सैनिक स्रोतबाट थाहा भएको छ ।

 

स्रोत भन्छ, निर्वाचनको समयमा उपरथी खाँडले मञ्जुमार्फत दश करोडको थैली आरजु समक्ष भेट गरेपछि चार महिना अघि नै पदावधि थपको सिफारिस गर्नै पर्ने बाध्यता प्रधानसेनापति क्षेत्रीमाथि आइ लागेको थियो ।

 

 फास्ट ट्रयाक अलपत्र
काठमाडौं–निजगढ द्रुत मार्ग निर्माणको जिम्मेवारी पाएका उपरथी खांडले आर्थिक वर्षको ६ महिना पूरा हुन लाग्दा पनि सिन्को पनि भाँचेका छैनन् । स्रोत भन्छ, नेपाली सेनाको इज्जत र प्रतिष्ठा जोडिएको द्रुतमार्ग खांडकै अक्ष्ँमताका कारण अलपत्र छ । कमिशन खानाका लागि लगभग सवा अर्बको हेभी इक्वीप्मेण्ट, भेइकलहरु पनि सेटि¨मा खरिद गर्ने काम बाहेक फास्ट ट्रैकको खास काम नै अघि बढ्न सकेको छैन ।

नेतृत्व क्षमता नभएका र एक्लै झ्वाम्म पार्ने स्वभावका उपरथी खांडको नेतृत्वमा काम गर्न पनि आर्मीका प्राबिधिक अफिसरहरुले जाँगर नचलाउने गरेको बताइन्छ ।  स्रोतका अनुसार, अहिले फास्ट ट्रैकको लगभग ८ अर्बको प्याकेजरप्याकेजको टेण्डर निकालिएको र ती टेण्डरहरु मूल्यांकनको क्रममा रहेका छन् ।  यो हप्ताको सांघु साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement