अाँखिर किन भत्किन्छ सिक्टाकाे नहर ? अध्ययन प्रतिवेदनकाे पूर्णपाठसहित


काठमाडाैं–राष्ट्रिय गौरवको आयोजना  सिक्टा सिंचाइ अायाेजनाकाे नहर पटक पटक भत्किएपछि सरकारद्वारा गठीत अध्धयन  समितिले छानिबन गरी बुझाएकाे प्रतिवेदन सार्वजनिक भएकाे छ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका  सहसचिव सुशीलचन्द्र तिवारी नेतृत्वको कार्यदलले तयार गरेको प्रतिवेदनले उक्त सिंचाई आयोजना निर्माण हुन नसक्नुको मुख्य कारण माटोको प्रकृति रहेको निष्कर्ष निकालेको हो।  प्रतिवेदन अनुसार  आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन नै त्रुटि मानिएकाे छ।

कार्यदलका संयोजक तिवारीका अनुसार उक्त आयोजना निर्माण सुरु गर्दा माटो परीक्षण त भएको थियो, तर घुलनशील रहे नरहेको भन्नेबारेमा चाहिँ उल्लेख थिएन। अन्य आयोजनामा त्यस्तो माटो नभएकाले माटोको प्रकृतिप्रति विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख नभएको पनि तिवारीले बताए

उक्त आयोजना निर्माण हुन नसक्नुको अर्काे कारण निर्माण संरचनालाई पनि दोष दिइएको छ। चुरे क्षेत्र नजिक रहेको उक्त आयोजना नजिकबाट बग्ने माटोले प्रभावित भएपनि त्यसलाई बेवास्ता गरिएको प्रतिवेदनमा उल्लेख छ।

पश्चिम खण्डको ४५ किलोमिटर मूल नहरमध्ये ४२ किलोमिटर सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो। कालिकाले निर्माण गरेको मूल नहर परीक्षणको क्रममा पटकपटक भत्कने गरेको छ।

पछिल्लो पटक गत ७ साउनमा बाँकेको ढकेरीस्थित चंगाई नालाको मूल नहर परीक्षणको क्रममा भत्किएको थियो। राप्ती नदीको ५० क्युमेक्स पानी अट्ने गरी बनाइएको उक्त मूल नहरमा ४–५ क्युमेक्स पानी चढाउँदा नै भत्कने गरेको छ।

गत साउन ७ गते पनि मूल नहरमा चार क्युमेक्स पानी चढाइएको थियो। तर, नहर भत्किएकाे थियाे।

प्रतिक्रिया दिनुहोस
Advertisement