टुथपिकले दाँत कोट्याउँदा गिजामा पनि संक्रमण हुनसक्छ  


काठमाण्डु – नेपालीहरूको महानपर्व दशैँको नवमी आज घरघरमा खसीबोका मार हान्ने परम्परा छ । साकाहाररी बाहेक प्राय सबैले दशैँमा मासुका परिकार सँगै विभिन्न पेयपदार्थ  खाने गर्छन् । यी  खाने खानेकुराले  हाम्रो मुखको स्वास्थ्यलाई असर गर्दछ । दाँतले मानिसको सुन्दरतामा फरक पार्ने हुनाले यसको सुरक्षा गर्नु निकै जरुरी छ ।

दाँत सुरक्षित राख्न सबैभन्दा राम्ररी ब्रस गर्ने विधि जान्नुपर्ने नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय सदस्य डा. हरी प्रसाद वलीको भनाइ छ ।  खाना खाएपछि, राति सुत्नु अघि अनिर्वाय नियमित दाँत माझ्न उनको सुझाव छ । ‘ हामीले खाएका खानाका टुक्राटुक्री दाँतमा रहेमा रातभरिमा त्यसले उत्पादन गर्ने अम्लीय तत्वले दाँतमा लाग्ने किराका लागि उपयुक्त वातावरण बनाइदिन्छ ।

त्यसपछि दाँतमा संक्रमण पनि बढ्छ । त्यसैले खाना खाइसकेपछि  अनिर्वाय दाँत माझ्नुपर्छ ’ दिनको समयमा मानिसहरू बोल्न र खानमा सकृय हुने गर्दछन् । जसका कारण मुख चलाइरहँदा सङ्क्रमणको असर अलि रातको समयभन्दा कम हुन्छ  जव रातमा मानिस निस्कृय हुन्छन् त्यो समयमा  ब्याक्टेरिया सक्रिय हुने भएकाले  सुत्नुअघि ब्रस गरेपछि पानी पिएर निदाउनु दाँतका लागि लाभदायी हुने डा. वलीले बताए । ब्रसले दाँत माझ्दा सरसर्ती माझेर कुल्ला गर्ने नभई मुखभित्र तल–माथि गर्दै करिब ४५ डिग्रीको कोणमा घुमाउँदै माझ्नुपर्छ । धेरै कडा ब्रस प्रयोग नगर्न र  फ्लोराइडयुक्त दन्तमन्जन प्रयोग गन उनको सुझाव छ ।

हरियो सागसब्जी, दूध, भिटामिन, फाइबरयुक्त पिठोको रोटी तथा घरमै बनेका खानेकुरा खाजा खाने बानी बसाल्नुपर्छ ।  दशैँमा अलि बढी खानेकुरा खाइने परम्परा छ । हामीले खाने खानेकुरा दाँतमा अड्कीए टुथपिकले दाँत नकोट्याउन डा. वलीको  आग्रह छ । ‘ दाँतमा अड्किएको खाने कुरा कोट्याएर फाल्न हामी मध्ये कतिपयले सिन्का अर्थात टुथपिक प्रयोग गर्ने गर्छौ । टुथपिकको प्रयोग बढी मात्रामा गर्दै गएमा दाँतको बीच भाग खाली हुँदै जान्छ ।

जसले गर्दा त्यहाँ झन बढी खाने कुरा पस्न जान्छ र, मानिसलाई क्याभिटिजको समस्या हुने गर्छ । टुथपिकले निकाल्न खोज्दा ती फोहोर अझ भित्र पस्न सक्छ । ननिस्केपछि टुथपिक दाँतको भित्रसम्म पु¥याउने कोसिस गरिन्छ । त्यसो गर्दा गिँजामा घाउ लाग्न वा चल्न सक्छ । धेरै कोट्याए गिँजाबाट रगत आउन वा संक्रमण हुन सक्छ । त्यसैले दाँत कोट्याउन टुथपिकको प्रयोग गर्नुको साटो दाँत सफा गर्ने फ्लस पिक वा सफ्ट पिक प्रयोग  गर्नुपर्छ ।

त्यसमा रबर हुनाले त्यो लचिलो हुने र गिँजामा चोट नलगाइ वा नदुखाइ फोहोर निकाल्न सकिन्छ ।’ दाँत सँगै हामीले हाम्रो जिब्रो पनि सफा राख्नु पर्छ  । यस्तै चाडपर्वको समयमा  अत्याधिक पिय पदार्थ सेवन गर्दा हाम्रो दाात बिग्रने भएकाले बढी तातो र बढाी चिसो खानेकुरा नखान उनको आग्रह छ  । चकलेट वा गुलियो खानेकुरा धेरै खाँदा दाँतमा किरा लाग्ने समस्या आउन सक्छ । त्यसैले समस्या आइसकेपछि अस्पताल जानुभन्दा  समस्या आउनै नदिनेगरी खाना खान डा. वलीले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement