अमेरिकी रक्षा र विदेशमन्त्री भारतमा,चीनलाई झट्का दिने गरी हुदैंछन् यस्ता सहमती


एजेन्सी – अमेरिकी रक्षामन्त्री र विदेशमन्त्री एसिया भ्रमणको दौरानमा सोमबार भारतको राजधानी नयां दिल्ली पुगेका छन् । अमेरिकी राष्ट्रपतिको चुनावअघि विदेशमन्त्री माइक पाम्पियो र रक्षामन्त्री मार्क एस्पर दक्षिण एसियाली देशको भ्रमणमा निस्कनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनिहरुको भारत भ्रमणका दौरानमा भारतिय विदेशमन्त्री एस जयशंकर तथा रक्षामन्त्री राजनाथ सिंहसंग हुने बैठकलाई समेत महत्वका साथ हेरिएको छ । भारतले टू प्लस टू वार्ताबाट ठुलो अपेक्षा गरेको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

दुई देशका शिर्ष दुई मन्त्रीहरु बीच हुने वैठकलाई टू प्लस टू बैटक भनिने चलन छ । पहिलो पटक जापानमा सुरु भएको बैठकलाई अन्य देशहरुले समेत अपनाएका छन् । यसको अर्थ दुई देश बीच रक्षा सहयोगको लागी उच्च स्तरीय राजनीतिक बार्तालाई सुविधाजनक बनाउने हो ।

भारत र अमेरिकाबीच २०१७ मा दूई प्लस दुई वार्ताको घोषणा भएको थियो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पहिलो चोटी भेटेको बेला यो घोषणा भएको थियो । त्यसपछि डिसेम्बर २०१९ मा दोस्रो पटक यो वैठक बसेको थियो ।

चीनसंग भारतको सीमा विवाद भइरहेको बेला भारतले अमेरिकाको साथ पाएको छ । यो सम्बन्धलाई मजदूत बनाउनको लागी समेत यो बैठकलाई महत्वका साथ हेरिएको छ । त्यसका साथै अन्य अहम मुद्दामा समेत छलफल गर्ने कार्यक्रम वार्ताका क्रममा छ ।

दुवै मुलुकबीच ऐतिहासिक सम्झौता समेत हुन सक्ने भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

भारत र अमेरिकाबीच बेसिक एक्सचेन्स एण्ड कोअपरेशन एग्रीमेण्ट फर जियोस्पेशियल कोअपरेशन (वेका) मा हस्ताक्षर गर्ने तयारी छ । वेकाको मतलब नांटिकल तथा एयरोनाटिकल चार्ट्स समेत जियोस्पेशियल डाटाको साझेदारी हो । यसले सटीक सेटेलाइटको डाटा मिलिट्री टार्गेटको निशाना बनाउनका साथ साथै नेभिगेशनमा समेत सहयोग मिल्नेछ । यसबाट भारतलाई मिलिट्री ग्रेड डाटाको एक्सेस मिल्नेछ । जसको सहयोगबाट टार्गेटलाई सजिलैसंग लोकेट गर्न सकिनेछ ।

भारतले अमेरिकाबाट केही समय अघि अत्याधुनिक हतियार खरिद गरेको थियो । चीन भारत सीमामा दुवै देशबीच टकरावको स्थिती भएसंगै रक्षा समझदारीमा समेत सहमति वन्ने सम्भावना छ ।

त्यसका साथै हिंद प्रशान्त महाशागरमा चीनको बढ्दो प्रभावलाई लिएर समेत छलफल हुनेछ । त्यसैगरी कोरोना भाइरसको महामारीसंग मुकाबला गर्न र भैक्सिनको विषयलाई लिएर पनि समझदारीमा हस्ताक्षर गर्ने तयारी छ ।

बैठकमा अमेरिकाले अघि सारेको इण्डो प्यासेफिक रणनितीमा साझा दृष्टिकोण बनाउने विषयमा,डब्लुएचओको भूमिका,संयुक्त राष्ट्रको सुरक्षा परिषदको स्थायी सदस्यमा भारतको उपस्थिती, र आंतकवादविरुद्धको लडाईमा सहकार्यको विषयमा समेत छलफल हुनेछ ।

टु प्लप टु बार्तामा एसियामा नयां समिकरण बनाउने विषयमा समेत छलफल हुने नवभारत टाइम्सले जनाएको छ । चीनसंग अमेरिकारको व्यापार युद्ध र पछिल्लो समय बढ्दो तनावपछि भारत र अमेरिका नजिकिएका छन् । अमेरिकाले भारतलाई दक्षिण एसियाको भरपर्दो पार्टनर बनाउन खोजेको बताइन्छ । चीनसंग भारतको समेत दरी बढिरहेको बेला यो सम्भावना अझ बढी भएको यस क्षेत्रका जानकारहरु बताउंछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement