कोरियाको चौथो ठूलो सहर थेगुमा कोरोनाको महामारी 

कोरियाको चौथो ठूलो सहर थेगुमा कोरोनाको महामारी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियाको राजधानी सोलदेखि तीन किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर। यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण।

कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरु छन्। कामका लागि कोरिया पुगेका विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ। तर, थेगुमा केही दिनयता हवात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेका छन्।

थेगुमा शनिबार मात्रै २२९ जनामा भाइरसको संक्रमण भएको छ। योसँगै कोरियामा कोरोना संक्रमितको संख्या ४३३ पुगेको छ। दुईको मृत्यु भएको छ। थेगु र आसपासका क्षेत्रमा सात हजार नेपाली इपिएसमार्फत काम गरिरहेका छन्। भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको थेगुमै काम गरिरहेकी पार्वती वाइबाले बताइन्। याे समाचार कान्तिपुर दैनिकमा छ ।

Skip This