काठमाडौँ – सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्।
बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न बाध्य पारेको हो। “नेपाल प्रहरी र नागरिक समुदाय एकअर्काका परिपूरकजस्तै हुन्”, ठमेलका समाजसेवी अर्जुन पुरी भन्नुहुन्छ, “‘प्रहरी मेरो साथी’ भन्ने तर व्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापि राम्रो होइन। प्रहरी पेसाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भए पुग्छध्र” सुन्दर नाराभित्र क्रूर व्यवहार नेपाल प्रहरीले नागरिकको मन जित्न ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी’ र ‘जिब्रोको गरिमा मीठो बोलीमा’ नारा लगाउँदै आएको छ।
यी नारा प्रभावकारी नभएपछि गत वर्षबाट गाउँटोलसम्म समुदाय–प्रहरी साझेदारी अभियान नै सञ्चालनमा आएको छ। यो अभियानले प्रहरी कर्मचारीलाई मात्र नभई प्रत्येक नागरिकलाई शान्तिसुरक्षा र अपराध नियन्त्रणमा जिम्मेवार बनाउनुका साथै प्रहरीसँग सहकार्य गर्न प्रोत्साहन दिँदै आएको छ। पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ‘प्रहरी मेरो साथी’ यही अभियानको महŒवपूर्ण नारा भएको बताउनुहुन्छ।
तर, दुर्भाग्य ! यो नारालाई मुलुकको केन्द्रीय राजधानी काठमाडौँमा कार्यरत प्रहरीका उच्च अधिकृतहरूले नै व्यवहारमा उतार्न सकेनन्। यसअघि समाचार सङ्कलनका क्रममा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेका एक पत्रकारमाथि यस्तै दुव्र्यवहार गरिएको थियो। पूर्वमहानिरीक्षक खनालले भन्नुभयो, “समुदाय–प्रहरी साझेदारी कार्यक्रमको लक्ष्य समाजमा लुकेर बसेका अपराध बाहिर ल्याउन तथा अपराध हुन नदिन नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर र विश्वसनीय बनाउनु नै हो। यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।




प्रतिक्रिया