प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हुंदैछ । उनको मिर्गौलाको प्रत्यारोपण डा. प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सकहरुको टोलीले गर्दैछ । ज्ञवाली मिर्गौला प्रत्यारोपण विभागका हुन् ।

ज्ञवालीको टिममा नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि सहभागी हुनेछन् । मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह रहेकी छन् । उनको टिममा डा. महेश सिग्देल, डा.मुकुन्द काफ्लेलगायत छन् । युरोलोजीमा प्रा.डा.उत्तम शर्मा, डा.भोजराज लुइटेल, डा. पवन चालिसे कार्यरत छन् ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी नाता पर्ने झापाकी ३२ बर्षिय युवतीले आफ्नो मिर्गौला दान दिने भएकी छन् । उनी पनि बुधवार नै अस्पताल भर्ना भइसकेकी छन् ।

अस्पताल जानुअघि प्रधानमन्त्री ओलीले देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै आफु चांडै ठिक भएर काममा फर्कने बताएका थिए । उनले जागृत हुंदै गरेका सपनालाई बीचमा अलपत्र पारेर अलप नहुने समेत भिडियो सन्देशमा भनेका छन्।