विदेशीलाई निगरानी गर्दै प्रशासन: ८ जना चिनियाँ नागरिक पक्राउ

विदेशीलाई निगरानी गर्दै प्रशासन: ८ जना चिनियाँ नागरिक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – केही दिनअघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापनिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पर्यटक भिजामा आएकाहरु काम गरिरहेका भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

विदेशी नागरिक एउटा प्रयोजनमा कागजात बनाएर नेपाल भित्रने र अर्कै काम गर्ने गरेपछि निगरानी बढाइरहेका बेला आरुघाट गाउँपालिका ३ सोतीबाट उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

नौलो नेपाल हाईड्रोपावर कम्पनी अन्र्तगत अपरबुढीगण्डकी जलविद्यूत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ट्याङ गुवागलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, साङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर सोमवार साँझ गोरखादेखि अध्यागमन पठाइएको प्रजिअ पौडेलले बताए।यो समाचार आजको नागरिक दैनिकमा छ ।