प्रधानमन्त्रीलाई अपरेशन थिएटरमा लगियो

प्रधानमन्त्रीलाई अपरेशन थिएटरमा लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बुधबार बिहान १० बजे उनलाई अपरेशन थिएटरमा लगिएको छ ।

प्रधानमन्त्री ओलीको अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिँदैछ । प्रत्यारोपणपछि प्रधानमन्त्रीको शरीरमा अब चार वटा मिर्गौला हुनेछ ।

यसअघि पनि प्रधानमन्त्री ओलीको शरीरमा २०६४ साउनमा पनि मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर, शरीरमा रहेको मिर्गौला नझिकी नयाँ मिर्गौला राखिएकाले प्रधानमन्त्री ओलीको शरीरमा यसअघि नै तीनवटा मिर्गौला थिए ।

यसअघि बुहारीबाट मिर्गौला दान लिएका प्रधानमन्त्री ओलीले यसपटक भाञ्जीको मिर्गौला आफूमा राख्न लागेका हुन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डाक्टर अनन्त कुमार पनि भारतबाट नेपालमा आएका छन् ।