राष्ट्रिय सभामा नारायणकाजीले भने : कमरेड विपी कोइराला !

राष्ट्रिय सभामा नारायणकाजीले भने : कमरेड विपी कोइराला !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले सत्ताको चरित्र थोरै निरंकुश हुने खतरा हुने भन्दै प्रतिपक्ष पनि रचनात्मक प्रतिपक्षको भूमिकामा मात्रै नरहेर विरोधवादमा फस्ने खतरा रहने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने धारणा राखे ।

‘सत्ताको चरित्र थोरै निरंकुश हुने खतरा हुन्छ । हामी सत्तामा छौँ । तर त्यो चरित्रबाट माथि राख्नुपर्छ । त्यस्तै प्रतिपक्ष पनि रचनात्मक प्रतिपक्षको सट्टा विरोधवादमा फस्ने खतरा हुन्छ’ श्रेष्ठको भनाई छ ।

उनले देश विकासका लागि एक पक्षले अर्को पक्षलाई दोष दिएर नभई आत्मसमीक्षा गर्नुपर्छ सक्नुपर्ने र समृद्धिको यात्रामा हातेमालो गर्नुपर्नेमा जोड दिए ।

उनले व्यवहारमै आर्थिक विकास र सम्बृद्धिको कार्यभार पुरा गर्नुको विकल्प नभएको बताएका छन् । उनले प्रकृति र पुर्खाले आर्जेको यस्तो सुन्दर देश हुँदाहुदै लाखौँ युवा खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको भन्दै अव त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

‘लोकतन्त्र, संक्रमण र बहुमतको सरकार छैन भनेर उम्कन मिल्ने अवस्था छैन । अव समृद्ध मुलुकमा रुपान्तरण गर्नुको विकल्प छैन । त्यो जिम्मेवारी अब हाम्रो काँधमा आएको छ’ श्रेष्ठको भनाइ छ ।

उनले नेकपालाई नेपाली जनताले बहुमत दिएको र सरकारले पनि संघीयता कार्यान्वयनका लागि गुणात्मक काम अघि बढाएको भन्दै नेपाली समाज र जनजीवनलाई सकारात्मक दिशातर्फ अघि बढाइरहको दावी गरे ।

‘नेपाल कम्यनिष्ट आन्दोलनका योद्धा कमरेड पुष्पलाल, मनमोहन र कमरेड विपी कोइराला’, उनले भने, ‘उहाँ पनि कमरेड नै हो उहाँले पनि कमरेड भन्नुहुन्थ्यो ।’

तर उनले सरकारले आफ्ना काममा आत्मसमीक्षा गर्नुपर्ने श्रेष्ठको भनाइ छ । जनादेश सरकारले पाएपनि सबै काम सरकारले मात्र गर्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षको समेत सहयोगमा समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए ।

उनले राष्ट्रिय एकताका सवालमा भारतले मिचेको लिम्पियाधुराको नेपाली जमिन फिर्ता गर्न पहल गनुपर्ने, लोकतन्त्रका आधारभुत मान्यतालाई विकास गर्दै प्रतिगमनका सारा षड्यन्त्र असफल पार्नुपर्ने बताए ।

विकासको फड्को मार्ने विषयमा पनि सवै शक्ति एकजुट हुुनुपर्ने र अहिलेको गतिबाट मात्रै सामाजिक आर्थिक विकासमा सवै एकजुट हुन अपिल गरे ।