प्रतिनिधिसभा बैठकबाट विशेष प्रस्ताव पारित

प्रतिनिधिसभा बैठकबाट विशेष प्रस्ताव पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।

दोस्रोपटक मिर्गौलाको प्रत्यारोण गरिरहेका ओलीको स्वास्थ्यलाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो ।

बैठकले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोण सफलताका साथ सम्पन्न होस् भन्ने कामनासमेत गरेको छ ।

बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ । सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको अहिले मिर्गौला प्रत्यरोपण गरिँदैछ ।