डोल्पामा अज्ञात रोगको महामारीः नमुना लिएर फर्कियो सेनाको हेलिकप्टर

डोल्पामा अज्ञात रोगको महामारीः नमुना लिएर फर्कियो सेनाको हेलिकप्टर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमुना लिएर नेपाली सेनाको हेलिकप्टर फर्किएको छ । करिब एक घण्टाको समय लगाएर दश दिन देखि थलिएका बिरामीको रगत, र्‍याल, खकार, दिसा, पिसाबको नमुना लिएर हेलिकोप्टरमा फर्किएको हो ।

सिजनल फ्लु भनिए पनि अहिलेसम्म अज्ञात रहेको रोगको नमुना संकलन गरेर प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्र बहादुर थापा र ल्याब टेक्निसियन कमल कुमार थापाको टोली सेनाको हेलिकप्टरमा फर्किएको क्षेत्रीय स्वास्थ निर्देशनालयका महामारी प्रकोप शाखाका प्रमुख श्याम आचार्यले जानकारी दिए ।

संकलन गरेर लगिएको नमुना परिक्षणका लागि आजै काठमाडौं स्थित टेकु अस्पतालमा पठाइने उनले बताए । बुधबार बिहान मात्रै सदरमुकाम दुनैबाट उक्त हेलिकप्टरमा प्रकोप क्षेत्र पुगेका जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमाल र एच.ए सारङ्गा रोकाया उपचारमा जुटिसकेका छन् ।

प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ चौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेका छन् ।

४५ घरधुरी भएको करेलीकाँडामा रोगका कारण अहिलेसम्म ५० भन्दा धेरै बिरामीलाई पुर्जा काटेरै उपचार गरिएको स्वास्थकर्मीको टोलीले बताएको छ ।

प्रभावित क्षेत्रका बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिँगटा लाग्ने र शरिर दुख्ने जस्ता लक्षण देखिएको समेत स्वास्थकर्मीले बताएका छन् ।