एजेन्सी – विश्वभरीमा वायु प्रदूषणको महामारीले औसत जीवनको लगभग ३ वर्ष कम गर्ने गरेको छ । यसका कारण वर्षेनी ८८ लाख मानिसको अकालमै मृत्यु हुने गरेको छ । कार्डियोभास्कुलर रिसर्च जर्नलका यो तथ्य प्रकाशित भएको हो ।
जर्मनीको म्याक्स प्लांक इन्सटिच्यूटका प्रमुख लेखक जोस लेलिभल्डले सूर्तिको धुवाको तुलनामा वायु प्रदुषण एक ठूलो सार्वजनिक स्वास्थ्य जोखिम भएको बताएका छन् । खजिन इन्धनको सट्टा स्वच्छ नवीकरणीय उर्जाको प्रयोग गरेर धेरै हदसम्म बाच्न सकिने उनले बताएका छन् ।
अकालमै मृत्यु हुने अन्य कारणसँग तुलना गर्दा वायु प्रदूषणले प्रत्येक वर्ष मलेरियाको तुलनामा १९ गुणा बढी मानिसको ज्यान लिने गरेको छ । यसले एड्सको तुलनामा नौ गुण बढी र रक्सीको तुलनामा तीन गुणा बढी मानिसको ज्यान लिने गरेको छ ।
म्याक्स प्लांक इन्सटिच्यूटका रसायन शास्त्र र कार्डियोलोजी विभागका वरिष्ठ लेखक थोमस मुंजेलले भनेका छन,‘हाम्रो परिणामले वायु प्रदूषण एक महामारी भएको देखाएको छ । वायु प्रदूषण र धुम्रपान दुवै रोक्न सकिन्छ । तर पछिल्लो दसकमा धुम्रपानको तुलनामा वायु प्रदूषणमा कम ध्यान दिइएको छ । यो पनि विशेषगरी ह्दय रोग विशेषज्ञकाबीच ।’
वायु प्रदूषणमा सर्वा्धिक प्रभावित क्षेत्रमा एसिया रहेको छ । यो महादेशमा रहेका मुलुकहरु चीनमा ४.१ वर्ष, भारतमा ३.९ वर्ष र पाकिस्तानमा ३.८ वर्ष औसत जीवनको उमेर कम भएको छ । अन्य शोधका अनुसार यी देशका कुनै हिस्सामा विषलु हावाले मात्रै धेरै मानिसको ज्यान लिएको छ ।




प्रतिक्रिया