प्रधानमन्त्री ओली र भान्जी समीक्षालाई आईसीयुमा सारियो

प्रधानमन्त्री ओली र भान्जी समीक्षालाई आईसीयुमा सारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अगंदाता समीक्षा संग्रौलालाई आईसयिुमा सारिएको छ ।

बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक शल्यक्रिया भएपछि प्रधानमन्त्री ओली र भान्जीलाई पोस्ट अपको आईसीयुमा सारिएको हो ।

प्रत्यारोपणमा संलग्न रहेका प्रा. डा. प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको सफतालपूर्ण मिर्गौला प्रत्यारोपण सम्पन्न भएको बताए । उनले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जटिल खालको भए पनि सफल भएको बताए ।

‘मिर्गौला प्रत्यारोपण गरेको १५ मिनेटमा पिसाब लाग्नुपर्ने थियो, उहाँलाई लाग्यो’, प्राडा ज्ञवालीले भने, ‘जटिल खालको थियो तर सफल भयो ।’

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको हो ।

चिकित्सकले शल्यक्रिया सम्पन्‍न गर्न ४ देखि ५ घण्टासम्म लाग्‍ने बताएका थिए । मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीन भारतीय चिकित्सकसमेत थिए ।