कोरोना संक्रमण : भारतले रोक्यो सिटामोलसहित २६ प्रकारका औषधि

कोरोना संक्रमण : भारतले रोक्यो सिटामोलसहित २६ प्रकारका औषधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतले पारासिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।

कोरोना भाइरस संक्रमणले मुलुक संकटमा फस्न सक्ने भन्दै भारतले अत्यावश्यकीय औषधि निर्यातमा रोक लगाएको हो । कोरोनाको प्रभाव बढ्दा संकट नहोस् भनेर सरकारले यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशालयलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमहरुले सरकारले तोकेको २६ प्रकारका औषधि निर्यात गर्नुपूर्व अनुमति लिनु पर्ने जनाएका छन् ।

आन्तरिक मागको अवस्था हेरेर मात्र निर्यातबारे सरकारले निर्णय लिने जनाइएको छ ।