कोरोना प्रभाव : कांग्रेसका सबै औपचारिक कार्यक्रम स्थगित

कोरोना प्रभाव : कांग्रेसका सबै औपचारिक कार्यक्रम स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले राजनीतिक र सामाजिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

कांग्रेसले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भन्दै उच्च सतर्कता अपनाउने भन्दै कांग्रेसले पार्टीका भेला, सम्मेलन र सभाजस्ता औपचारिक कार्यक्रम अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गरेको हो ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सबै तहका भेला, सम्मेलन र सभा अर्को सूचना जारी नहुञ्जेल स्थगित गर्ने निर्णय भएको छ ।’

कांग्रेसको महाधिवेशन तयारीका काम भने नरोकिने प्रवक्ता शर्माले जानकारी दिए ।