काठमाडौं – मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली र समीक्षा संग्रौला दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
बुधबार त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण गरेपश्चात पत्रकार सम्मेलन आयोजना गर्दै मिर्गौला दिने समीक्षा र प्रधानमन्त्री ओली दुबैजनाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।
उपचारमा संलग्न डाक्टर प्रेमराज ज्ञवालीले प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थालिसकेको जानकारी दिए ।
‘नयाँ किड्नीले काम गर्न थालिसकेकाले उहाँको होस आइसकेको छ ’,उनले भने, ‘अहिले पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । दबै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।’





प्रतिक्रिया