काठमाडौं – नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अर्थमन्त्री खतिवडाले राष्ट्रपति कार्यालय सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० गते मंगलवार सकिएसँगै अर्थमन्त्रीको कार्यकाल सकिएको थियो । तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाकोे विवादित अडियो बाहिरिपछि राजीनामा दिएसँगै खतिवडाले सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए ।
बुधवार खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेसँगै उनलाई सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।




प्रतिक्रिया