काठमाडौं – कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चारजनालाई भर्ना गरिएको छ ।
फ्रान्सबाट, दुबई, कतार र कोरियाबाट आएका एक–एकजनालाई कोरोना संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिएका छन् ।
फ्रान्सबाट एकजना बुधबार बिहान, बुधबार दिउँसो दुबईबाट, कतारबाट मंगलबार, कोरियाबाट सोमबार आएका एक–एकजनालाई अस्पताल भर्ना गरिएको डा. बास्तोलाले जनाएका छन् ।
यसअघि अस्पताल भर्ना गरिएका कसैमा पनि कोरोना संक्रमण नभएको पाइएपछि डिस्चार्ज गरिएको छ ।




प्रतिक्रिया