एजेन्सी – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले महिलाहरुलाई प्रतिव्यक्ति ६ जना सन्तान जन्माइदिन आग्रह गरेका छन् ।
महिलाहरुको स्वास्थ्य सेवासम्बन्धी सरकारी योजनाका बारेमा टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा सम्बोधन गर्दै उनले उनले देशको भलाईका लागि ६ जना बच्चा जन्माउन जरुरी रहेको बताएका थिए ।
‘प्रत्येक महिलाले देशको भलाइका लागि ६ सन्तान जन्माउन जरुरी छ,’ उनले भने ।
‘भगवानले तपाईंलाई ६ वटा छोरी वा छोरा पाऊन आशिर्वाद दिऊन्’ महिला स्वास्थ्य सुरक्षा कार्यक्रममा आएकी एक महिलालाई मडुरोले भने ।
मडुरो र आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका प्रतिपक्षी नेता हुवान गुवाइदोबीचको टकरावले लामो समयदेखि भेनेजुयला राजनीतिक संकटमा फसेको छ ।
राजनीतिक संकट गहिरिएसँगै त्यसको असर अर्थतन्त्र र समाजका अन्य अवयवहरूमा देखिएको छ । लाखौं नागरिक शरणार्थी बनेर छिमेकी देशहरूमा भागेका छन् ।




प्रतिक्रिया