गोरखा जीप दुर्घटनाका घाइते सबैलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

गोरखा जीप दुर्घटनाका घाइते सबैलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना परि घाइते भएका सात जनालाई काठमाडौं ल्याइएको छ । घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको र स्थानिय स्वास्थ्य चौकीमा उपचार सम्भव नहुनेभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहिबार काठमाडौं ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको थियो भने गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएका छन् ।

रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ ।