एजेन्सी – १९५२ को २१ डिसेम्बरमा आफ्नो जन्मदिनमा जोसेफ स्टालिनले आफ्नो बिलजनाया डाचामा एक बर्थडे पर्टी दिएका थिए । जसमा उनका सबै नजिकका मानिसलाई आमन्त्रित गरिएको थियो ।
ग्रामोफोनमा लोकसंगीत तथा नृत्यको गाना बजिरहेको थियो । डिस्कको छनौट स्वंम स्टालिनले गराइरहेका थिए । त्यहाँ दुई पाहुनालाई यो सबै ठूलो लागेको थिएन ।
उनीहरु मध्येकी एक निकिता खुश्चेभलाई नृत्यमा घृणा थियो । उनलाई जिस्क्याउनका लागि स्टालिनले उनलाई युक्रेनको गोपमाक नृत्य गर्न भने । स्टालिन स्वंयले पनि डान्सको स्टेपमा महारथ हासिल गरेका थिएनन् । त्यसैले अन्यलाई नृत्य गराएर हैरान पार्न धेरै मज्जा आउने गर्दथ्यो । त्यो पनि नृत्य नजानेको व्यक्तिलाई ।
स्टालिनकी छोरी स्वेतलान अलिलुएभालाई उक्त साझ बिलकुल मन परेको थिएन । उक्त समयमा उनी २६ वर्षकि थिइन् । तर त्यतीबेलासम्म उनको दोस्रो सम्बन्ध विच्छेद भइसकेको थियो । स्वेतलानाले कसैले आफुलाई केही गर्नका लागि आदेश दिएको सहन सकेकि थिइनन् ।
स्टालिनले स्वेतलानको कपाल समाए
स्टालिनले आदेश नमानेको कुरा सहन सकेनन् र उनलाई रिस उठ्यो । उनले आफ्नी छोरीको कपाल समाए र उनलार्ई घिच्याउँदै अगाडि लिएर आए । यो अपमानबाट स्वेतलानाको अनुहार रातो रातो भयो र उनको आँखाबाट आशु झर्न थाल्यो ।
निकिता खुश्चेभले आफ्नो आत्मकथा खुश्चेभ रिमेम्बर्समा लेखेकि छन्, “स्टालिनले यति धेरै पाशविक व्यवहार यस कारणले गरेका थिएनन् कि उनी स्वेतलानालाई कुनै अप्ठेरो पार्न चाहँदैनथे । वास्तवमा यो उनको स्वेतलानाका लागि माया देखाउने तरिका थियो । तर अन्यलाई उनले स्वेतलानालाई ज्यादती गरिरेहेको जस्तो लागेको थियो । तर स्टालिन सधैजसो यस किसिमको व्यवहार गरिरहन्थे” ।
२ महिनापछि २८ फेब्रुअरीमा स्टालिनले आफ्नो डाचामा आफ्ना वरिष्ठ सहयोगी जाजी मेलेनकोभ, बेरिया, खुश्चेभ तथा बुल्गानिनलाई एक फिल्म हेर्नका लागि बोलाएका थिए ।
फिल्म हेरिसकेपछि सबैलाई राम्रो खाना र रक्सी दिइएको थियो । पार्टीका सदस्यले स्टालिनलाई अप्ठेरो पर्ने कुनै काम गरेनन् । पार्टी १ मार्चको बिहान ४ बजे समाप्त भएको थियो । स्टालिनको स्वास्थ्य बिग्रिएको आभाष कसैलाई पनि भएन । स्टालिनलाई सही अवस्थामै छोडेको सबैलाई लागेको थियो ।
अंगरक्षकलाई कोठामा नआउन निर्देशन
स्टालिनले आफ्ना अंगरक्षकलाई आफु सुत्न जान लागेको बताए । उनका एक अंगरक्षकले जीवनीकार एडवर्ड रादजिन्सकीलाई स्टालिनले आफुलाई उनले नबोलाउदाको अवस्थासम्म नआउनका लागि आग्रह गरेको बताए ।
स्टालिनका एक अर्का जीवनी लेखक रोबर्ट सर्भिसले लेखेका छन्, “१ मार्चमा पुरै दिन स्टालिनको कोठाबाट कुनै आवाज आएको थिएन । त्यहाँ प्रत्येक अंगरक्षकको पालो २ घन्टाको हुने गर्दथ्यो । यसपछि उनीहरु २ घन्टा आराम गर्दथे र फेरी आफ्नो पालोका लागि आउने गर्दथे । कसैको पनि अवस्था सुस्त नहोस् र तरोताजगी होस् भन्नका लागि यसो गरिन्थ्यो ।”
पुरै दिन कोठाबाट कुनै आवाज आएन
स्टालिनको बिहान उठ्ने बित्तिकै कागती हालेको एक चिया खाने बानी थियो । उनका एक अंगरक्षक मार्शल एलेक्जेन्डर योगोरोभले पछि भनेका थिए कि हामी सबै मानिस केही चिन्तामा छौं । किनकी स्टालिनले पुरै दिनभरी चिया मागेका थिएनन् ।
स्टालिनले थर्मसमा राखेको चिया पिएकाले उनले चिया नमागेको हुन सक्ने केही मानिसहरुको विश्वास थियो ।
साझ साढे पाँच बजे डाचाको बत्ती बालियो । तर, स्टालिन कोठाबाट बाहिर आएनन् । उनले न त खाना मगाए न केही गर्ने आदेशनै दिए ।
राती १० बजे एक कर्यालयबाट स्टालिनका लागि एक प्याकेट आयो । अंगरक्षकले आपसमा सल्लाह गरेर पावेल लोजगालाई उक्त प्याकेटका साथ शयन कक्षमा पठाइयो । जब पावेल शयन कक्षमा प्रवेश गरे, उनी त्यहाँको दृश्य देखेर आघात भए ।
जमीनमा ढले स्टालिन
स्टालिनका जीवयनीकार एडवर्ड रादजिन्सकी लेख्छन्, “स्टालिन जमीनमा ढलेका थिए । उनको हात उठेको थियो । उनी पुरै बेहोस थिएनन् । तर उनी केही बोेल्न सकिरहेका थिएनन् । उनले आफ्नो सुरुवालमा पनि पिसाब गरेका थिए । नजिकै प्राभ्दा अखबार र मिनरल वाटरको बोतल थियो । अंगरक्षकले बत्ती बाल्ने कोशिश गर्दा स्टालिन जमिनमा ढलेको विश्वास गरे ।”
अचम्मको कुरो के छ भने यती सबै हुँदा पनि कसैले पनि डाक्टर बोलाउनु आवश्यक भएको ठानेनन् । अंगरक्षकले गृह मन्त्री सरजई इग्नातिएभलाई फोन गरे । इग्नातिएभले मेलेनकोभ तथा बेरियालाई जानकारी गराए ।
भोल्कोगोभनोभ र रादजिन्सकी दुवैले स्टालिनको जीवनीमा लेखेका छन् कि बेरियाले स्टालिनको बिमारीको बारेमा कसैलाई केही नभन्नका लागि आदेश दिएका थिए ।
यसपछि स्टालिनलाई जमीनबाट उठाएर पर्खालमा अड्याइयो र ब्ल्यांकेटले ढाकियो । केहीबेरपछि उनले स्टालिनलाई डाइनिङ हलमा रहेको दोस्रो पलङमा राखियो ।
डाक्टरलाई बोलाउन ढिलाई
खुश्चेभ आफ्नो आत्मकथामा लेख्छन्, “सबै नेता २ मार्चको बिहान स्टालिनको डाचामा पुग्न सुरु भयो । तर त्यतीबेलासम्म पनि कुनै पनि डाक्टरलाई स्टालिनलाई हेर्नका लागि बोलाइएको थिएन ।”
स्वेतलानालाई यसको बारेमा बिहान १० बजे मात्रै थाहा भयो । उक्त समयमा उनी फ्रेन्च भाषाको आफ्नो क्लासमा थिइन् ।
यसबाट यो आशंका गरिएको छ कि स्टालिनको अवस्थालाई जानीजानी बिग्रन दिइएको रोबर्ट सर्भिस लेख्छन् । तर राजनीतिक मातहतको दृष्टिकोणबाट यो फैसला लिइएको पनि हुन सक्छ । यदी स्टालिन ठीक भए भने उनलाई यसको मूल्य चुकाउँनु पर्ने डर थियो । बिरामीको समयमा उनले देशको इन्चार्ज बन्ने कोशिश गरेको आरोप उनीमाथि लाग्न सक्थ्यो ।
यसको पछाडि अर्को कुरा पनि भन्न थालिएको छ । भाल्कोगोनोभा लेख्छन्, “१९९३ को सुरुवातमा स्टालिन कयौं पटक बेहोश भएका थिए र उनको रक्तचाप धेरै बढेको थियो । उनले चुरोट खान बन्द गरेका थिए । तर उनलाई अन्तिम अवस्थासम्म पनि डाक्टरमा विश्वास थिएन र उनले आपूmलाई डाचाबाट परै राख्ने कोशिश गरेका थिए ।”
रगतको बान्ता
डाक्टर पुग्दासम्म स्टालिन बिरामी भएको १२ घन्टा भइसकेको थियो । उनले स्टालिनलाई आफ्नो मूत्रमा भिजेको पाए । उनको कपडा फुकालेर भेनेगरबाट सफा गरियो । सोही समयमा स्टालिनलाई रगतको बान्ता भयो । डाक्टरले स्टालिनको फोक्सोको एक्सरे गरे ।
स्टालिन लगातार तीन दिनसम्म मुर्छित अवस्थामा रहे । यसैबीच पार्टीका दुई नेता लगतार उनको ओछ्यानको नजिकै बसे । ३ तरिखमा डाक्टरले स्टालिनलाई जे पनि हुन सक्ने बताए ।
उच्च तहको नेताको बैठक
यसैबीच ४ मार्चमा सोभियत संघको उच्च तहका नेताको बैठक बस्यो । किनकी डाक्टरले उनीहरुलाई अप्रिय खबरका लागि तयार रहनका लागि भनेका थिए ।
यस बैठकमा बुल्गानिनका अतिरिक्त सबै नेता समावेश भए । मेलेन्कोभले स्टालिनको अवस्था गम्भीर हुदै गएको बताए । बेरियाले मेलेन्कोभलाई तत्काल लागु हुनेगरी स्टालिनको स्थान लिनुपर्ने बताए । सबैबीच यसको सहमती भयो र बैठक समाप्त भयो ।
तर स्टालिन अझैसम्म पनि मरेका थिएनन् । प्रसिडियमका सबै सदस्य उनको डाचा पुगे, जहाँ स्टालिन अन्तिम सास लिइरहेका थिए ।
जोनाथन ब्रेट र नाउभोभ आफ्नो किताब स्टालिन्स डाक्टर्स प्लटमा लेख्छन्, “५ मार्चमा स्टालिनलाई पुन रगतको बान्ता भएको थियो र पेटभित्र रक्तश्राव सुरु भएको थियो ।”
स्टालिनको अन्तिम क्षण
यसबीच सबैको नजर बेरियामा थियो, जसले स्टालिनको हात समाएर सबैलाई आफु स्टालिनको सबैभन्दा नजिक भएको आभाष दिने प्रयास गरिरहेकि थिइन् ।
पछि स्टालिनकी छोरी स्वेतलान अलिलुएवा आफ्नो आत्मकथा ‘ट्वेन्टी लेटर्स टु अ फ्रेन्डमा लेख्छिन्, “उनको अनुहार पुरै बदलिएको थियो । उनको ओठ कालो भएको थियो र उनको अनुहार पहिचान गर्न मुश्किल भएको थियो । अन्तिम अवस्थामा उनले अचानक आफ्नो आँखा खोले र कोठामा रहेका सबैलाई हेरे । उनले कुनै इसारा गरेको जस्तो गरी आफ्नो हात उठाए र उनको देहान्त भयो ।”
बिहानको ९ः५० बजेको थियो । सबै नेताले एक अर्कासँग अंकमाल गरेर रुन थाले । खुश्चेभले स्वेतलानालाई अंकमाल गरेर आफ्नो समवेदना प्रकट गरे । दुई दसकसम्म रुसमा स्टालिनलाई महानतम जीवित व्यक्ति मानिन्थ्यो ।
सोभियत संघको नेतृत्वले उनको पार्थिव शरीरलाई स्टालिनलेनै १९२४ मा लेनिनको पार्थिव शरीरलाई जे गरेका थिए सोही अनुरुप राख्ने निर्णय ग¥यो ।
स्टालिनको शरीरलाई सुरक्षित राख्नका लागि लेप लगाइने भयो । १९५३ को ९ मार्चमा स्टालिनको अन्तिम संस्कार गरियो । चीनका प्रधानमन्त्री चु एनलाई, कम्युनिस्ट नेता पालमिरो तोगलियाती र मोरिस थोरेजले उनको शव यात्रामा भाग लिए ।
स्टालिनका पुराना प्रतिद्वन्द्वी विस्टन चर्चिल र अमेरिकी राष्ट्रपति ह्यारी टुमेनले शोक सन्देश पठाए । कम्युनिस्ट देशका समाचारमा इतिहासका एक लौह पुरुषको अन्त्य शीर्षक दिइयो ।
पश्चिममा प्रेसको प्रतिक्रिया मिस्रित थियो । उनीहरुले स्टालिनको मानवताको बिरुद्ध गरिएको अपराध सम्झनुका साथै सोभियत संघको आर्थिक कायापलट र हिटलरको बिरुद्धमा उनीहरको देशको जीतको पुरा श्रेय स्टालिनलाई दिए ।




प्रतिक्रिया