कोरोना भाइरसको त्रासः काठमाडौंमा होली नखेल्न निर्देशन

कोरोना भाइरसको त्रासः काठमाडौंमा होली नखेल्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले कडाइ गरेको छ । प्रशासन कार्यालयले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो ।

कार्यालयले बिहीबार विज्ञप्ति निकालेर विश्वभरी नै महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९)बाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।

‘अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन सबैमा अनुरोध गरिन्छ,’ प्रशासकीय अधिकृत मानबहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।