एजेन्सी – २० रिपब्लिकन र डेमोक्र्याट अमेरिकी सिनेटरले मंगलबारको चिठ्ठीमा बेलायती सांसदहरुलाई चीनको हुवावेलाई देशको फाइभ–जी नेटवर्कमा अनुमती दिने आफ्नो निर्णयमा पुनर्विचार गर्नका लागि आग्रह गरेका छन् ।
यसलाई अमेरिकी कंग्रेसको चीनसँगको झगडाको रुपमा हेर्न सकिन्छ । तर केही अमेरिकी इलाइटहरुले अन्य मुलुकहरुले पक्ष लिनुपर्ने विश्वास लिदै आएका छन् ।
यो समय भनेको कुनै पनि अन्य मुलुकले आपूmले इच्छ्याए भन्दा अन्य अर्डर दिन सक्ने छैनन् । तर, केही अमेरिकीहरुले अझैपनि चीनलाई फाइभ–जीको बारेमा आफ्नो अडान राख्दै आएका छन् । उनीहरु बिउझिने बेला आएको छ ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टिटिभको ४२ सदस्यको द्विपक्षिय समूहले ब्रिटिस हाउस अफ कमन्सलाई जनवरीमा समान किसिमको चिठ्ठी पठाएको रोयटर्सले लेखेको छ । तर उनीहरुको स्वार्थी उद्देश्यले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मनाउन सकेन । यसले अमेरिका मात्रै सर्वशक्तिमान नभएको संकेत गरेको छ । यद्यपि अमेरिकी इलाईटले यसलाई स्वीकार गरेका छैनन् ।
चिनियाँ निजी कम्पनीलाई कुनामा पुर्याउने त्रासबाट अमेरिकाले असामान्य रुपमा व्यवहार गरिरहेको छ । यसैबीच चीनप्रति अमेरिकाको बैरिपूर्ण व्यवहारले अन्य मुलुकका फर्म र लगानीकर्ताहरुका लागि पनि टाउको दुखाईको विषय भएको छ । यो पनि विशेषगरी प्रविधिमा ।
रोयटर्सकै अनुसार सफ्टबैंक समर्थित स्टार्ट अप क्लाउडमाइन्डसलाई अमेरिका निर्मित प्रविधि चीनसँगको व्यवसायमा आदान–प्रदान गर्नबाट प्रतिबन्ध लगाइएको छ । यो स्टार्ट अपलाई अनुमती बिना कार्यालयका फर्निचर तथा आईफोन अमेरिकाबाट चीनमा निर्यात नगर्नका लागि भनिएको छ ।
चीनप्रति अमेरिकी आक्रमका व्यवहार भएपनि बेइजिङले दुई मुलुकबीचको सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ । चीनले दुवै मुलुकले जित्ने शान्तिपूर्ण र सौहार्दपूर्ण द्विपक्षिय सम्बन्धलाई जोड दिँदै आएको छ र यसमा पनि विश्वास गर्छ । तर चीनको यस किसिमको सौहार्दपूर्ण व्यवहारलाई अमेरिकाले वैमनश्यपूर्ण तरिकाबाट साटासाट गर्दै आएको छ । केही इलाइट अमेरिकीका लागि उनीहरुलाई पीडा दिइएको विषयमा सोच्ने बेला आएको छ ।
अमेरिकाले परस्पर व्यवहारको वार्तालाई रोक्न सक्दैन । हाल अमेरिकाले चीनप्रति पूर्वाग्रह र भेदभावपूर्ण व्यवहार गर्दै आएको मीडियामा आएका समाचार र विद्वानहरुले बताउदै आएका छन् । अमेरिकाले फर्जी खेल खेलिरहेको छ र चीनले आपूmले जे गर्नुपर्ने त्यो गर्दै आएको छ ।
चीनमा अमेरिकी कम्पनीको संख्या अमेरिकामा चिनियाँ कम्पनीको तुलनामा ठूलो संख्याले बढी रहेको छ ।
यदी चिनियाँ सरकारले हुवावेप्रतिको वासिङटनको व्यवहारलाई नक्कल गर्ने हो भने अमेरिकी कम्पनीहरु टिक्न सक्दैनन् । अमेरिकी कम्पनीप्रतिको सुपरिवेक्षणलाई बढाउने, महत्वपूर्ण उत्पादन सामग्रीहरुको आपूर्ति कटौती गर्ने र उनीहरुको अमेरिकासँगको सामान्य व्यवसायको सामान्य सम्बन्धमा प्रतिबन्ध लगाउने हो भने अमेरिका आच्छु–आच्छुको अवस्थामा जान सक्छन् ।
नयाँ कोरोनाभाइरसको महामारीले उत्पादन चेनमा अमेरिका र चीन नजिकै रहेको देखाएको छ । चिनियाँ कम्पनीलाई दबाउदा अमेरिकालाई पनि चोट पुग्छ भन्ने प्रमाणित भइसकेको छ ।
गत साता न्यापस्याक्स, ट्राभल पउच र आउट डोर गियर बनाउने एउटा सानो अमेरिकी कम्पनीले आफ्नो पूर्णकालिन कार्यबलबाट पाँच भागको एक भाग कर्मचारीलाई बिदाइ गरेको थियो ।
चीनको सप्लाई चेनबाट परेको असरका कारण उनीहरुलाई बिदाई गर्नु परेको थियो । अमेरिकाम रहेका अन्य साना व्यवसायले पनि समान किसिमको चिन्तापूर्ण अवस्थाको सामना गर्नु पर्ने देखिन्छ ।
अमेरिकाका लागि चीन चाहिन्छ र अमेरिका पनि चीनबाट पूर्ण रुपमा टाढिएर बस्न सक्दैन । के अमेरिकामा पनि कमजोरी छैन ? ती अमेरिकी सिनेटरहरुले यस बारेमा सोच्नु आवश्यक छ ।
हाल अमेरिका चुनावमा व्यस्त छ । चीनले स्वंमलाई ट्रम्प कार्डको रुपमा प्रयोग गर्न दिने छैन ।




प्रतिक्रिया