आत्महत्या दरुत्साहन मुद्धामा उत्तम सञ्जेलकी पत्नीले पाइन् सफाई

आत्महत्या दरुत्साहन मुद्धामा उत्तम सञ्जेलकी पत्नीले पाइन् सफाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सन्जेलकी श्रीमती कलाले आत्महत्या दुरुत्सान मुद्दामा अदालतबाट सफाइ पाएकी छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सञ्जेलकी पत्नीसहित तीनजनालाई सफाइ दिएको हो । अदालतले कला, अस्पतालमा कार्यरत तीर्थकुमारी र विद्यार्थी संगीतालाई पनि सफाइ दिएको हो ।

बौद्धस्थित समता अस्पतालमा कार्यरत रामेछापको दोरम्बा निवासी २७ वर्षीया बिमला तामाङले नौ महिनाअघि आत्महत्या गरेपछि कला सञ्जेललविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको थियो । उनीहरुविरुद्ध बिमलाका आफन्तहरुले आक्रमणको प्रयाससमेत गरेका थिए ।