अष्ट्रेलियामा समुन्द्रमा डुबेर पोखराका निकेसको मृत्यु

अष्ट्रेलियामा समुन्द्रमा डुबेर पोखराका निकेसको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियामा समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका पोखराका निकेस श्रेष्ठको क्विन्सल्यान्ड राज्यको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत श्रेष्ठ चार जना साथीसँग मिलेर पौडी खेल्न गएका निकेशलाई पौडीकै क्रममा उनलाई छालले बगाएको बगाएपछि उनको मृत्यु भएको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिए ।

श्रेष्ठको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी भइरहेको खड्काले जानकारी दिए ।