सेनाभित्र व्यापक भ्रष्टाचार छ, अख्तियारले हेर्न मिल्दैनः डिला संग्रौला

सेनाभित्र व्यापक भ्रष्टाचार छ, अख्तियारले हेर्न मिल्दैनः डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डिला संग्रौला पन्तले नेपाली सेनाभित्र अझैपनि आर्थिक र नीतिगत भ्रष्टाचार हुनेवाला छ भन्ने विषय आएकाले यसमा सम्बन्धित मन्त्रालय र नेपाली सेनाले स्पष्ट पार्नुपर्ने बताएकी छन् ।

नेपाली सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि उनले आपत्ति जनाउकी हुन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीवारको बैठकमा दुवै जना अनुपस्थित भएपछि सांसद संग्रौलले भ्रष्टाचारको विषय अख्तियारले हेर्न नमिल्ने बताइन् ।

‘सबैभन्दा पहिला जुन भ्रस्टाचार भइराखेको छ नेपाली सेनामा आर्थिक र नीतिगत भ्रस्टाचार हुनेवाला छ भनेर आएको छ । यस सम्बन्धमा पनि तपाइहरुको स्पष्टता चाहिन्छ । उच्च सैनिक अधिकृतहरुले आफूखुसी मनपरेको गणगुल्ममा रहि बजेट निकासा गरेको भन्ने कुरा पनि आएको छ । यो के हो ?’,उनले भनिन्, ‘यसको पनि सत्य तथ्य आउनुपर्छ । बढुवा गर्दा शैक्षिक योग्यताको कुरा पनि आएको छ । फास्ट ट्रयाक निर्माण गर्दापनि सेनालाई जिम्मा दिएको छ । त्यहाँपनि भ्रष्टाचार भएको छ अख्तियारले हेर्न मिल्दैन ।’

बैठकमा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेना भित्रको भ्रष्टाचार सम्बन्धमा बोलाइएको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै समितिको मर्यादामाथि प्रहार भएको बताए । उनले नेपाली सेनाको तर्फबाट समेत प्रधानसेनापति नै जवाफदेही हुने भएकाले अन्य प्रतिनिधिको जवाफ आफूले नसुन्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद झपटबहादुर रावलले विभागिय मन्त्री र सेनाको प्रमुख बिना भ्रष्टाचार जस्तो गम्भीर विषयमा छलफल अगाडि बढ्न नसक्ने बताए । उनले संसदको गरिमा र महत्वलाई बेवास्ता गरेको र बैठकमा बोलेका कुरा सुन्ने व्यक्ति नै नभएको अवस्थामा छलफल स्थागित गर्नुपर्ने बताए ।