काठमाडौं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
राष्ट्रपति निवासमा बिहीबार दिउँसो एक औपचारिक समारोहका बीच उनले प्रमाणपत्र बुझाएका हुन् । क्वात्रा नेपालका लागि २५औं राजदूत हुन् । यसअघि नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी थिए ।




प्रतिक्रिया