प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थाल्यो

प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको जनाएको छ ।

बिहीबार अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिएका छन् ।

उनका सबै भिटल तथा ल्याब सूचकहरु सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई आजदेखि नरम तथा तरल आहार दिन सुरु गरिएको छ ।

प्रधानमन्त्रीलाई उनकै नाताले भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् ।