भारतीय राजदूत र रक्षामन्त्रीबीच भेटवार्ता

भारतीय राजदूत र रक्षामन्त्रीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । राजदूत क्वात्राले बिहीबार सिंहदरवारमा मन्त्री पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

शिष्टाचार भेटको क्रममा मन्त्री पोखरेलले राजदूत क्वात्रालाई स्वागत गर्दै उनको कार्यकालमा नेपाल र भारतबीचको पुरानो मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

नेपाल र भारतबीच सांस्कृतिक, भौगोलिक¸ ऐतिहासिक र जनस्तरमा समेत अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै पोखरेलले दुई मुलुकबीच रहेको बहुआयामिक सम्वन्धलाई समयको परिवर्तनसँगै थप परिमार्जन गरी सुदृढ बनाउँदै जानुपर्ने खाँचो रहेको औँल्याएका थिए ।

नेपाल र भारतका सेनाहरूबीच समेत अत्यन्त असल र सहयोगात्मक सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पोखरेलले नेपालको आर्थिक सामाजिक विकासमा भारत सरकारले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे ।

शिष्टाचार भेटका क्रममा नवनियुक्त भारतीय राजदूत क्वात्राले नेपाल भारतबीचको सम्वन्ध सरकार–सरकार बीचमा मात्र नभएर जनस्तरसम्म समेत अत्यन्त सुदृढ रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा दुई देशबीच रहेको सुमधुर¸मैत्रीपूर्ण र पारस्परिक सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

केही समय अघि राजदूत क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहादाको प्रमाणपत्र प्रस्तुत गरेका थिए ।