टेकुबाट भागेका युवक विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना

टेकुबाट भागेका युवक विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका सुनसरीका युवक धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् ।

दक्षिण कोरियाबाट फर्केका सुनसरीका युवक कोरोनाभाइरसको आशंकामा बुधबार टेकु अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले अहिले उनलाई विपी कोइराला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको बताए ।