काठमाडौं – कोरोना भाइरसले आतंक सिर्जना गरिरहेका बेला वीर अस्पतालमा रहेको फार्मेसीले मास्कको कृत्रिम अभाव सृजना गरेर महँगो मूल्यमा बेचेको खुलेको छ ।
वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजरसहित औषधिजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएको हो ।
आयूषालाई २ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
विभागले क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई २ लाख, क्षेत्रपाटीमै रहेको एसजे मेडिको सर्जिकललाई २० हजार र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँजरिवाना गरेको छ ।
ती फार्मेसीमा सामान किनबेच गरेबापतको बिल नभएकोले कारबाही गरिएको हो ।




प्रतिक्रिया