काठमाडौं – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल र भारतको हितका बारेमा कुराकानी भएको नेता नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए ।
राजदूतले नेपाललाई जन्मदिनमा शुभकामना दिएका थिए । आज माधव नेपालको जन्मदिन हो ।
हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका क्वात्राले त्यस लगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका थिए । त्यसपछि उनले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटेका थिए ।




प्रतिक्रिया