नेपालमा कोरोना भाइरस जसरी भ्रष्टाचार फैलियोः डिला संग्रौला

नेपालमा कोरोना भाइरस जसरी भ्रष्टाचार फैलियोः डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले नेपालको भ्रष्टाचारलाई नोबेल कोरोना (कोभिड–१९)सँग तुलना गरेकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले कोरोना भाइरस जसरी नै नेपालमा भ्रष्टाचार मौलाएको बताएकी छन् ।

‘हामीलाई कोभिड –१९ ले सताए जसरी नै हामीलाई भ्रष्टाचारले सताएको छ । भ्रष्टाचार नेपालका लागि एउटा कोभिड १९ नै हो’, उनले भनिन्, ‘कोरोनाले जसरी तर्साएको छ त्यसरी नै हामीलाई भ्रष्टाचारले तर्साएको छ ।’

उनले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै दृढ इच्छाशक्तिका कारण प्रधानमन्त्रीले शारीरीक रोग जित्न सफल भएको तर, भ्रष्टाचारलाई जित्न नसकेको बताइन् ।

‘प्रधानमन्त्रीज्यूले दृढ इच्छाशाक्तिका कारण रोग त जित्नु भयो तर, भ्रष्टाचारलाई जित्न सक्नु भएको छैन्,’ उनले भनिन्, ‘उहाँले भ्रष्टाचारीलाई संरक्षण गर्नु भएको छ । नपाल प्रिन्टिङ प्रेस खरिदमा भएको भ्रष्टाचारको सत्यतथ्य बाहिर हाउनुपर्छ । बर्हिगमित मन्त्री गोकुल बाँस्कोटालाई कारबाही हुनैपर्छ ।’