काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेल्सन मण्डेलासँग तुलना गरेका छन् ।
उनले लामो जेल जीवन बिताएका दक्षिण अफ्रिकाका मण्डेलाकै लाइनमा प्रधानमन्त्री ओली भएको बताए ।
उनले देशले प्रधानमन्त्री ओलीको नेतृत्व अझै पर्खिरहेको बताए ।
त्यस्तै, उनले नेपालमै प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको सफल शल्यक्रिया भएको भन्दै अन्तर्रा्ष्ट्रिय बजारमा नेपालको प्रतिष्ठा बढेको बताए ।




प्रतिक्रिया