काठमाडौं – सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (बीओपी) टांघनडुब्बा, झापामा कार्यरत इन्स्पेक्टर चापागाईविरुद्ध सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनले व्यापार व्यवसायमा सहजीकरण गरिदिने भनी पटक–पटक दुःख हैरानी दिई ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिइ आरोप पत्र दायर गरिएको छ ।




प्रतिक्रिया