सरकारले भन्योः ग्यासकाे अभाव छैन्, नपाए ११३७ मा फोन गर्नू !

सरकारले भन्योः ग्यासकाे अभाव छैन्, नपाए ११३७ मा फोन गर्नू !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले दैनिक उपभोग्य वस्तुको अभाव नभएकाले नआत्तिन सार्वसाधारणलाई आग्रह गरेको छ । ग्याससँगै अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति भैरहेकाले अभाव नहुने र कालोबजारी र कृत्रिम अभाव हुन नदिने सरकारको दाबी छ ।

कोरोना भाइरसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो । ग्यासको आपूर्ति सहजै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् ।

उनले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही हुने पनि बताए । कोही कसैले ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिए फोन नम्बर ११३७ मा वा ९८५११४४१८९ मा सम्पर्क गरेर जानकारी दिन पनि महानिर्देशक सुवेदीले आग्रह गरेका छन् ।