नेपाली सेनाले सञ्चालन गरेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपाली सेनाले सञ्चालन गरेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले सञ्चालन गरेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न भएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा फाल्गुन १८ गतेदेखि जंगी अड्डामा सञ्‍चालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको आज शुक्रबार जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी बिज्ञान देव पाण्डेले एक कार्यक्रम बीच समापन गरेका हुन् ।

नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्‍चालन भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका विभिन्‍न मिडिया हाउसमा कार्यरत २२ जना रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो । ६ दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्‍न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्‍न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा सञ्‍चारकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको छ । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।