धनकुटा – कोशी राजमार्ग अर्न्तगत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, कार्कीछाप नजिक शुक्रबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको बस अचानक अनियन्त्रित भइ सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै जनाको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घाइतेहरुको टाउको र शरीरका विभिन्न भागमा सामान्य चोटपटक लागेको छ । बस चालक साँगुरीगढी गाउँपालिका–१ का २५ वर्षीय प्रदिप लिम्बूलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया