नआत्तिनुस्, एक महिनासम्म ग्यासको अभाव हुँदैनः मन्त्री भट्ट

नआत्तिनुस्, एक महिनासम्म ग्यासको अभाव हुँदैनः मन्त्री भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिलेको अवस्थामा एक महिनासम्म ग्यासको अभाव नहुने बताएका छन् । बजारमा दैनिक उपभोग्यवस्तु र ग्यासको अभाव हुने हल्ला फैलिएका बेला मन्त्री भट्टले एक महिनासम्म ग्यासको अभाव नहुने बताएका हुन् ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टले ६ महिनासम्म पुग्ने खाद्यान्न, १० महिनालाई पुग्ने नुन र एक महिनालाई पुग्ने ग्यास अहिले पनि स्टक रहेको बताए ।

मन्त्री भट्टले बजारमा लसुनको मूल्य बढेकाले केही अभाव रहेको र अरु कुनै पनि वस्तुमा अहिलेसम्म मूल्य वृद्धि नभएको बताए । भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाए पनि नेपालले अत्यावश्यक औषधिको आपूर्तिका लागि कुटनीतिक माध्यमबाट कुराकानी गरिरहेको उनले बताए ।

सर्वसाधारणले ग्यास नपाउने अवस्था आएमा सिधै मन्त्रालयमा फोन गर्न उनले आग्रह गरे । मन्त्रालयले छिट्टै निःशुल्क हटलाइनको व्यवस्था गर्ने जानकारी दिँदै मन्त्री भट्टले ग्यास नपाउने अवस्थामा फोन गर्न आग्रह गरे। गुनासो आएको क्षेत्रमा हस्तक्षेप गरेर भए पनि ग्यासको आपूर्ति गर्ने उनले बताए ।