भक्तपुरमा एकैपटक १० वटा सवारी साधन ठोक्किए

भक्तपुरमा एकैपटक १० वटा सवारी साधन ठोक्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा एकैपटक १० वटा सवारी साधन ठोक्किएका छन् । सूर्यविनायक नगरपालिका–५, चुनदेवीमा शुक्रबार प्रदेश नं. ३–०१–००३ प ४६४७ काठमाडौं वल्र्ड स्कुलको भ्यानका कारण एकै पटक १० वटा सवारी साधन एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका हुन् ।

भ्यानले अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा. १६ च. ४३६१ नम्बरको टाटा मोबाइल गाडीले ठक्कर दिएर दुर्घटना हुँदा टाटा मोबाइल पछाडि आउँदै गरेको बा. ४१ प. ४४०९ नम्बरको मोटरसाइकल, बा. ३ ख. ३३४९ नम्बरको बस, प्रदेश ३ बा. २८३६ नम्बरको कार बा. ७० प. ४४४५ नम्बरको मोटरसाइकल, प्रदेश नं. ३–०२–००७ प. ९६६४ नम्बरको स्कुटर, प्रदेश नं. ३–०१–००३ क. ४६४४ नम्बरको भ्यान, प्रदेश नं.३–०१–००३ क ४६४१ नम्बरको भ्यान, प्रदेश नं. ३–०२–०१० प ३७६३ नम्बरको मोटरसाइकलसमेत गरी १० वटा गाडीहरु ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

घाइते सबैको भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।