प्रहरी परिसर काठमाडौंमा उजुरीको संख्या घट्यो

प्रहरी परिसर काठमाडौंमा उजुरीको संख्या घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – पछिल्लो समय महानगरीय प्रहरी परिसर टेकुमा उजुरीको चाप उल्लेख्य रूपमा घटेको छ । गत माघमा सात सय ८१ उजुरी परेकामा फागुनको तेस्रो साता आइपुग्दा पाँच सय २० मात्र उजुरी परेका छन् ।

परिसरको अभिलेखअनुसार १५ फागुनमा १८ जनाको उजुरी परेकामा १३ जनाको मात्र मुद्दा दर्ता भएको थियो । १४ गत ४१ वटा उजुरी परेकामा ३३ वटा मुद्दा दर्ता भएका थिए । १५ फागुनयता भने उल्लेख्य संख्यामा मुद्दा दर्ता भएका छैनन् ।

१६ फागुनमा १८, १७ र १८ मा ४३, १९ मा २९, २० मा १७ र २१ १६ वटा मात्र मुद्दा दर्ता भएका छन् । केही दिनयता परिसरमा मुद्दा दर्ता मात्र नभई उजुरी पनि निकै कम पर्ने गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।