पढ्न–लेख्नमा अब्बल, तर किन हिंसामा पर्छन युवती ?

पढ्न–लेख्नमा अब्बल, तर किन हिंसामा पर्छन युवती ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्वभरीमा महिलाको स्थिति शिक्षाको राम्रो भएको छ । तर यसका बावजुद महिलालाई समानतापूर्ण तथा कम हिंसक वातावरण प्राप्त भइरहेको छैन ।

युनिसेफले महिलाको स्थितिको बारेमा जारी गरेको ताजा रिपोर्टमा यो कुरा देखा परेको छ कि विश्वभरीमा महिला तथा किशोरीको बिरुद्धमा हिंसा हुनु अझै सामान्यनै रहेको छ ।

विगत २० वर्षको अवधिमा स्कुल नजाने महिलाको संख्यामा ९० लाखले कमी आएको यो रिपोर्टमा उल्लेख गरिएको छ । विगत १ दसकको अवधिमा सयौ स्कुलमा केटाको तुलनामा केटीको संख्यामा वृद्धि भइरहेको छ ।

प्राथमिक विद्यालयमा लैंगिक अनुपातम सुधार आएको छ । जसका कारण बाल विवाहमा कमी आएको छ र किशोरावस्थामा गर्भधारणको घटना आधा भएको छ ।
अचम्म लाग्ने कुरा के छ भने विश्वभरमिा १५ देखि १ वर्षका १ करोड ३० लाख केटी अर्थात प्रत्येक २० मा एक बलात्कारको शिकार भएका छन् ।

भारतमा राष्ट्रिय स्वास्थ्य परिवार सर्वेक्षणको २०१५–१६ को आंकडा अनुसार १५ वर्षको उमेरसम्म भारतमा प्रत्येक पाँचमा एक केटी अर्थात १ करोड २० लाख केटी शारीरिक हिंसा सहदै आएका छन् ।

यसैगरी प्रत्येक तीनमा एक केटी अर्थात ३४ प्रतिशत (१५–१९ वर्ष उमेरका) विवाहित वा परिवारसँग रहेका आफ्नो पति वा पार्टनरबाट शारीरिक र मानसिक रुपमा यौन हिंसाबाट पीडित हुदै आएका छन् ।

राष्ट्रिय स्वास्थ्य परिवार सर्वेक्षणलाई मान्ने हो भने १६ प्रतिशत महिला (१५–१९) ले आपूmसँग भएको शारीरिक हिंसाको बारेमा बताएका छन् । ३ प्रतिशतले यौन हिंसाको कुरा बताएका छन् । यसैगरी १५ देखि ४९ वर्षका विवाहित महिला मध्ये ३१ प्रतिशतले पतिकोतर्फबाट शारीरिक, यौन वा मानसिक प्रताडन सहेको बताएका छन् ।
भारतमा अझैपनि ४ मा एक महिलाको विवाह १८ वर्षको उमेर भन्दा पहिलेनै हुने गरेको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फा भन्छिन्,‘महिलालाई शिक्षा प्रदान गर्नु मात्रै पर्याप्त हुँदैन । हामीले मानिसको व्यवहार र महिलाप्रति उनीहरुको सोचमा पनि परिवर्तन गर्नु आवश्यक छ ।’

सामाजिक कार्यकर्ता रञ्जना कुमारी भन्छिन्,‘महिला तथा केटीसँग हिंसा तथा भेदभाव हुनुका कारण पितृसत्तात्मक समाज हो ।’

उनी भन्छिन्,‘महिलामाथि शक्ति देखाउन तथा नियन्त्रण राख्नका लागि पुरुष यसो गर्ने गर्छन्, ताकि महिला सधैभरी उसको सेवक रहोस् । उसलाई बराबरीको हक नमिलोस् । यसको परिवर्तनका लागि शिक्षाका साथै सत्ता परिवर्तन हुनु पनि आवश्यक छ । जब सम्म पुरुष तथा महिलालाई बराबरीको रुपमा समाजमा स्वीकार गरिन्न, तब सम्म महिलामाथि हिंसा जारी रहन्छ ।’

रंजना भन्छिन्,‘यसको एक कारणमा यो पनि छ कि महिलाहरु अब चुप रहदैनन् । उनीहरु उजुरी दर्ता गर्न थालेका छन् । उनीहरु आपूmसँगको भएको गलत व्यवहार सहन सक्दैनन । कार्यालयमा हुने यौन दुव्र्यवहार तथा घरको कुटाइ उनी सहने अवस्थामा छैनन । उनी बोल्न थालेकि छन् । यसैले तपाईले आंकडा बढिरहेको देख्नु भएको छ ।’

युनिसेफ इन्डियाकी प्रतिनिधि डा। यासमिन अली हक भन्छिन्,‘बाल विवाह र शिशु मृत्यु दरलाई त्यतीबेलासम्म समाप्त गर्न सकिन्न, जब सम्म प्रत्येक बच्चालाई स्कुले शिक्षा तथा अगाडि बढ्नका लागि हिंसा मुक्त समाज मिल्दैन ।’

प्लान इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी भन्छन्,‘विशेषगरी १० देखि १९ वर्षका केटी आफ्नो उमेर तथा लिंगका कारण धेरै भेदभाव झेल्दै आएका छन् ।’