कोरोनाविरुद्ध लडिरहेको चीनलाई उपराष्ट्रपतिले पठाए सन्देश

कोरोनाविरुद्ध लडिरहेको चीनलाई उपराष्ट्रपतिले पठाए सन्देश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –उपराष्ट्रपति नन्दबहादुर पुनले प्राणघातक कोभिड–१९ भाइरसका कारण चीनमा भएको मानवीय क्षतिले नेपाल सरकार, नेपाली जनता र आफूलाई गहिरो दुःख लागेको बताएका छन् ।

आफ्ना चिनियाँ समकक्षी वाङ छिसानलाई शुक्रबार एक सन्देश पठाउँदै उनले दुःखको यस घडीमा नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट उपराष्ट्रपति वाङमार्फत शोकाकुल परिवारजनमा समवेदना र सहानुभूति प्रकट गरेका छन् ।

कोभिड–१९ विरुद्ध चीन सरकारले लिएको प्रभावकारी कदमको सरहाना गर्दै त्यसको फैलावट रोक्न भएका प्रयासले क्रमशः सफलता हासिल गरेकामा प्रशन्नता पनि व्यक्त गरेका छन् । सन्देशमा उनले भनेका छन्, ‘हामी चीन सरकार र त्यहाँका जनताप्रति उक्त रोगविरुद्धको लडाइँमा ऐक्यबद्धता प्रकट गर्दछौँ र यो रोगलाई फैलिन नदिन चीन सरकारले गरेका प्रयासमा शीघ्र सफलता मिल्नेमा विश्वस्त छौँ ।’

चीनमा रहेका नेपालीको सुरक्षाका लागि चीन सरकारले गरेका प्रयासप्रति उपराष्ट्रपति पुनले हार्दिक आभार व्यक्त गरेका छन् ।