सय वर्षका बुढाको कोरोनामाथि जीत, १३ दिनपछि अस्पतालबाट फर्किए घर

सय वर्षका बुढाको कोरोनामाथि जीत, १३ दिनपछि अस्पतालबाट फर्किए घर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनमा १०० वर्षका एक व्यक्तिले आफ्नो हिम्मत तथा बाच्ने इच्छाका कारण कोरोनाभाइरसलाई हराएका छन् । उनी पुरै ठीक भएका छन् ।

यो संक्रमणबाट मुक्ति पाउपने उनी सबैभन्दा पाको उमेरका मानिस हुन् । उनलाई अस्पतालबाट डिसचार्ज गरिएको छ ।
कोरोनाभाइरसका कारण उनलाई २४ फेब्रुअरीमा हुवेइको म्याटरनिटी एन्ड चाइल्ड हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई फ्लू जस्तो स्वासको रोगका अलावा अल्जाइमर, उच्च रक्तचाप तथा मुटुसँग सम्बन्धित बिमारी पनि थियो । १३ दिनको जाँच तथा उपचारपछि उनलाई अस्पतालले बिदाइ गरेको हो ।

चीनमा कोरोनाभाइरसका कारण सोमबार २२ को मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभरी ४० नयाँ संक्रमण देखिएको छ । यसको अधिकांश हुवेई प्रान्तका बिरामी थिए । यो प्रान्तमा बिरामीको संख्या सर्वाधिक बढी रहेको छ ।

सोमबार यो बिरामीका कारण मर्नेको संख्या २२ पुगेको छ । यस मध्ये २१ यही प्रान्तका छन् । चीनमा कोरोनाभाइरसका कारण ३,११९ मानिसको ज्यान गइसकेको छ ।