दुई राप्रपा मिल्दा देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति पायोः कमल थापा

दुई राप्रपा मिल्दा देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति पायोः कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई राप्रपाबीचको एकताले भरपर्दो राजनीतिक विकल्प तयार भएको बताएका छन् । साथै उनले विकृति र विसंगतिविरुद्ध लडेर एकीकृत नयाँ पार्टीले देशमा समृद्धि ल्याउने दाबी पनि गरेका छन् ।

उनी नेतृत्वको राप्रपा र पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा (संयुक्त) बीचको एकीकरण गर्ने समझदारीपछि उत्साहित देखिएका थापाले एक भिडियो सन्देश जारी गर्दै जनताले बलियो राष्ट्रवादी शक्ति पाएको दाबी गरेका हुन् ।

‘दुई राप्रपा मिल्दा देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति पाएको छ,’ थापाले भने, ‘प्रमुख ठूला दलको अकर्मण्यता र गलत नीतिका कारण देशले भोग्नु परिरहेको विकृति र विसंगतिबाट देशलाई मुक्त तुल्याएर देशमा शान्ति तथा स्थायित्व कायम गर्ने र आर्थिक विकास एवं समृद्धिको लक्ष्य हासिल गर्ने भरपर्दो राजनीतिक विकल्ल्प अब जनताले प्राप्त गरेका छन् ।’

पार्टी एकता हुँदा उनले आफू खुसी र सन्तुष्ट रहेको पनि बताएका छन् । यसअघि दुई राप्रपा एकता भएको छोटो समयमै ०७३ फागुनमा विभाजित भएकोमा उनले कम्जोरी स्वीकार गरेका छन् । ‘महाधिवेशनको छोटो समयमै यसअघि पार्टीमा आएको विभाजन रोक्न नसक्नुमा म नैतिक रूपमा जिम्मेवार छु,’ थापाले भनेका छन् ।